लोकन्थली, भक्तपुर
लोकन्थली, भक्तपुर
ग्रामीण सडक संजाल सुधार आयोजना, बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत स्थापित आयोजना हो , जसले प्रदेश सरकार र एशियाली विकास बैंकको ऋण अनुदानमा ग्रामीण क्षेत्रका सडकहरुको स्तरोन्नति तथा पुलहरू निर्माण गरिरहेको छ। बागमती प्रदेशका १३ वटै जिल्लाहरु यस आयोजनाको कर्यक्षेत्र रहेकोमा हाल यस आयोजनाबाट ६ जिल्लाहरुमा सडक तथा पुल निर्माणका कार्यहरु संचालित छन् । उक्त जिल्लाहरु क्रमश: मकवानपुर, सिन्धुली,काभ्रेपलान्चोक, दोलखा, रामेछाप र चितवन रहेका छन् ।